स्तरीय एम्वुलेन्सका रोटरीको लागि सांस्कृतीक कार्यक्रम

२४ कार्तिक २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल/ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको लागि आईसियु सिसियु सहितको एम्बुलेन्स सहयोगार्थ बुटवलमा वृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ तिनाउ बुटवल, रोटरी क्लब अफ लुम्बिनी स्टार्स, एवं रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, रोट्याक्ट क्लब अफ भैरहवा, रोट्याक्ट क्लब अफ तिनाउ बुटवल, रोट्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही, रोट्याक्ट क्लब अफ जिबीसी बुटवल र ईन्ट्¥याक्ट क्लब अफ जनता माविको सहआयोजनामा सांस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा हास्यकलाकार सैलेन्द्र सिंखडा, विष्णु जि पाण्डे माईला बा, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, दिपक गरौजा, नविन पौडेल, आधुनिक गायकगायीका हेमन्त शर्मा, रुपक डोटेल, मिरा निरौला, अमित बराल, एञ्जिला रेग्मी, प्रिया भण्डारी, तेश्रो लिंगी बिनीता शाही लगायतको प्रस्तुती रहेको थियो ।
१० हजार, ५ हजार र तिनहजार रुपैयाको प्रवेश टिकट राखिएको कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसक्षेत्रमा आईसियु सिसियु सहितको एम्बुलेन्स नहुंदा गम्भिर स्वास्थ्य अवस्थाका विरामीहरुलाई महंगो भाडा तिरेर हेलिकप्टर मार्फत काठमाण्डौ पुयाउनुपर्ने बाध्यता रहेको छ ।
उक्त बाध्यताको अन्त्य गर्न रोटरी क्लब अफ सेन्ट्रल बुटवलको परिकल्पना तथा मुख्य आयोजनालाई अरु रोटरी तथा रोट्रयाक्ट क्लबहरुले सहयोग गरेका हुन्
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले स्वार्थ भन्दा माथी सेवा भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै यसक्ष्ँेत्रमा स्थापित क्लबहरुले स्वास्थ्य र शिक्ष् क्ष्ँत्रमा पु¥याएको भुमिका अनुकरणीय रहेको बताए । गोपाल अधिकारी र मन्जु पौडेलको संचालनमा सम्पन्न भएको कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष्ँ एजाज आलम, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष्ँ राजेन्द्र कार्की र कार्यक्रम संयोजक दिनेशराज रेग्मीले कार्यक्रम सफल पार्न सहयोग पु¥याउने दाताहरुलाई धन्यवाद दिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट
  • घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु…
  • बाढी पहीरोवाट भएको क्षती वारे कांग्रेस नेताहरु द्धारा निरीक्षण ।
  • बलिउडमा हंगामा : दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा