भारतीय हेपाहा प्रबृत्तिका विरुद्ध आम नेपालीलाई एक ठाउँ उभिन सभापति शाह को अपिल

सैनामैना /कांग्रेसका प्रभावशाली नेता सार्बजनिक लेखासमिती सभापति एवम् पुर्ब मन्त्री भरत कुमार शाह ले भारतीय दादागिरीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्सीमा विवादको विषयमा बहस चर्किएको बेला सभापति शाहले यस्तो बताएका हुन् । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो’, नेता शाहले भने, ‘भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’
शाहले सीमा विवादका विषयमा सरकारले पनि कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।
‘प्रतिपक्ष कांग्रेसलगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन्’, उनले भने, ‘तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया