मौलिक स्वरका धनि बिमल डाँगीको “आकाशैको जुनतारालाई” गितमा धिरेन र रक्षाको जोडी

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल नेपाली लोकदोहोरि क्षेत्रका चर्चित अग्रज कलाकार बिमल डाँगीको भर्खरै मात्र बजारमा आएको लोक दोहोरि गित ” आकाशैको जुनतारालाई ” गित बजारमा आएको केहि दिनपनि नपुग्दै यस गितको चर्चा बढेको छ । गितको म्युजिक भिडियो पनि अत्यानत राम्रो बनेको छ । गितमा अभिनय गरिने नेपाली सिनेमा उद्धोगका चर्चित नायक धिरेन साक्य र चर्चित मोडल रक्षा श्रेष्टको अभिनय निकै रुचाएका छन । गितको शब्द स्वर संगीत लगायत सबै पक्ष राम्रो बनेको छ । बिन्दबासिनी म्युजिक प्रा लि ले बजार व्यवस्थापन गरेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र बिमल डाँगीको आवाज रहेको छ ।

गितलाई अमर भण्डारीले लेखेका छन भने संगीत बिमल डाँगीले गरेका छन । संगीत संयोजन बीबी अनुरागिले गरेका छन । अजय रेग्मीको छायांकन, टेकेन्द्र शाहाको सम्पादन र कुमार के सी को निर्देशन रहेको छ । हाल अमेरिका रहनुभएका गायक डाँगीका पानसमा बत्ति बालेको , बनको काडाले, एउटा कुरा भन्नत् पाईएला, लगायतका गितहरु निकै चर्चित छन । हेरौ भर्खरै सार्बजनिक गित