ब्राइटनमाथि युनाइटेडको सहज जीत

प्रकाशित मिति:

एजेन्सी /इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३-१ को जित निकालेको छ ।घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे । एक गोल भने युनाईटेडले उपहारमा पाएको थियो ।

ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गर्दा युनाईटेड ३ गोलको अवस्थामा पुगेको थियो ।यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए ।जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ ।