स्कलर्स होम बोर्डिङ स्कुलमा तीज गीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम सम्पन

प्रकाशित मिति:

२२ भदौ, बुटवल बुटवल कालिकानगरमा रहेको स्कलर्स होम बोर्डिङ स्कुलमा तिज गित प्रतियोगिता सप्पन्न भएको छ। कार्यक्रमबाट प्रि–प्राईमरी तर्फ युनिषा भट्टराईको ग्रुप प्रथम, सफलता आचार्य द्वितीय र प्रलिना भारी तृतिय भएका थिए भने प्राथमिक तह तर्फ श्लेशा शर्मा प्रथम, रीति भण्डारी द्वीतिय तथा सन्ध्या थापा तृतिय भएका छन । निम्नमाध्यमिक तह तर्फ एञ्जिला गुरुङ्ग प्रथम, कामना राना द्वीतिय, प्राप्ती गौतम तृतिय भएका छन भने माध्यमिक तह तर्फ मधु रानाको ग्रुप प्रथम, निकिता उपाध्यायको ग्रुप द्वीतिय र सुविना गुरुङ्गको ग्रुप तृतिय भएको छ । यसका साथै विद्यालयले विद्यालयका शिक्षक–शिक्षिका बीच तीजको शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको थियो । २२ गते शुक्रबार भएको फाईनल कार्यक्रमको विद्यालयकि जेष्ठ शिक्षिका सीता शाहीको अध्यक्षता, प्रशासकिय अधिकृत श्री लोक प्रसाद भण्डारीको स्वागत, विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेको तथा सहप्राचार्य टिकाराम गौतको शुभकामना मन्तव्य तथा विद्यालय संयोजक बाशुदेव शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सावित्रा गौतम, दिलकुमारी उपाध्याय, नेत्र भट्टराई र महेन्द्र बञ्जाडेले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।