बङ्गलादेशमा बुलबुल आँधीका कारण आठ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित

प्रकाशित मिति:

एजेन्सी /बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८स् ३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो । यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्त बन्दै गएको छ ।

मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो ।बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतथबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाए ।पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।बुलबुलका कारण पश्चिम बङ्गालका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको थियो ।