काठमाडौं जाउँ भन्दा ‘बरु यतै मर्छु, काठमाडौं जान्न’ भन्छन डा . केसी

प्रकाशित मिति:

डडेल्धुरा – एक सातादेखि डडेल्धुरामामा अनसनरत बरिष्ठ चिकित्सक प्राडा. गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ । केसीले काठमाडौं जान नमानेपनि प्रशासनले भने जबर्जस्ती लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं लैजान हेलिकप्टर डडेल्धुरा पुगेको छ। चिकित्सा शिक्षामा सुधारको माग गर्दै केसी पटकपटक अनसन बस्दै आएका छन् । यसपटक १७ औं चरणको आमरण अनसन डडेल्धुरामा जारी छ । उनी ८ दिनदेखि अनसनमा छन् ।

स्वास्थ्यमा समस्यादेखिएपछि केसीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य थप जटिल बन्दै गएपछि डडेल्धुरा अस्पतालले उनलाई रेफर गनृुपर्ने बताएपछि काठमाडौंबाट हेलिकप्टर पुगेको हो । तर केसीले भने डडेल्धुरा छोड्न मानिरहेका छैनन्। उनले भनेका छन्, ‘बरु यतै मर्छु, काठमाडौं जान्न ।’ केसीको शरीरमा क्रियाटिनिन बढेको छ भने सुगर र पानीको मात्रा घटेको छ ।