संसदीय समिति बैठकमा किन गएनन् प्रधानमन्त्री ?

प्रकाशित मिति:

काठमाडौं – संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न भन्दै संसदको राज्य व्यवस्था समितले प्रधानमन्त्री ओलीलाई छलफलका लागि बोलाएको थियो ।

तर ओली सिंहदरबारमा भएको समितिको बैठकमा उपस्थित भएनन् ।बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन् । अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेका हुन् । प्रधानमन्त्री ओली आजै विहान भएको नेकपाको सचिवायल बैठकमा भने उपस्थित भएका थिए । संसदीय समितिको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित भएका छन् ।