म्युजिक भिडियोमा राजेश हमाल (भिडियो)

प्रकाशित मिति:

काठमाडौं – अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रेनु विष्ट केसीको सुरिलो आवाज सुन्न सकिन्छ भने हरि लम्सालको संगीत सुन्न सकिन्छ । त्यसैगरी गीतमा फणिन्द्र राईको एरेन्ज छ ।

राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको समेत अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । लोकराज अधिकारीले लेखेका शब्दमा विरहको भाव सुन्न सकिन्छ । हेरौँ गीत: