पोखरा बस्दै आएकी प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठीले पनि राजनिती गर्ने देखियो संकेत

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


पोखरा  – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जेठी बुहारी सृजना त्रिपाठी पति प्रकाशको निधन भएसँगै गुमनामजस्तै भइन् । तर उनी पतिको निधनको दुई वर्षपछि राजनीतिमा लागेकी छन् । एक छोराकी आमासमेत रहेकी सृजना यसअघि खासै चर्चामा नआए पनि अहिले एकाएक राजनीतिमा प्रवेश गर्ने तारतम्य देखाएकी छिन् । पोखरामा बस्दै आएकी उनी कास्की २ की नेकपा उम्मेदवार विद्या भट्टराईलाई साथ दिँदै चुनावी प्रचार प्रसारमा खुलेर लागेकी छिन् । प्रचण्ड पनि केही दिन पोखरा नै बसेर स्वर्गीय नेता रविन्द्र अधिकारीकी पत्नि भट्टराईलाई भोट मागेका बेला सृजनाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी बिद्यालाई नै जिताउन रातदिन भोट माग्नमा ब्यस्त छिन् ।

प्रचण्ड परिवारका अधिकांश सदस्य राजनीतिमा ब्यस्त रहेका बेला राजनीतिभन्दा बाहिर रहेकी प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा आउने संकेत गरेकी छन् । प्रचण्डकी कान्छी बुहारी बिना मगर खाने पानी मन्त्री छिन् भने छोरी रेणु भरतपुर महानगरकी मेयर हुन् । परिवारका अधिकांश सदस्य राजनीतिमा लाग्दा सृजना पोखरामा बस्दै आएकी सृजनाले चालेको कदमले कस्तो नतिजा देला केही समयमा नै थाहा लाग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग