‘नेपाली भूमि माथि भारतले जबरजस्ती अतिक्रमण गर्‍यो’ – सभापति श्रेष्ठ

प्रकाशित मिति:

रमेश विश्वकर्मा/गुल्मी – नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले भारतले नेपाली भूमि माथि जबरजस्ती अतिक्रमण गरेको बताएका छन् । जिल्लाको सुदुरपश्चिम मानिने मदाने गाउँपालिकाको अग्लुफेंदीमा सञ्चालन भैरहेको महायज्ञलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले कालापानी, लिम्पियाधुरा जस्ता नेपाली भूमि भारतले आफ्नो सिमामा राखेर जबरजस्ती नक्सा जारी गरेको बताएका हुन् । उनले भारतले नेपाली भूमि माथि गरेको अतिक्रमणप्रति घोर भत्र्सना गर्दै सच्याउन सरकारले कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे । सभापति श्रेष्ठले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भू–भाग भएको इतिहासले पुष्टि गरिसकेकाले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने बताए । देशका हरेक परिवर्तन राजनीतिक दलको एकताका कारण मात्र सम्वभ भएको भन्दै देशको भूमिमा आँच आउने क्रियाकलाप प्रति राजनितिक दलहरु मिलेर लाग्नुको विकल्प नभएको उल्लेख गर्दै उनले सार्वभौम तथा राष्ट्रिय स्वतन्त्रतामाथि भारतले पटक–पटक प्रहार गरिरहेको बताए ।

दुई देशको उच्चस्तरीय संयन्त्रद्वारा तत्काल समाधानको बाटो खोज्नुपर्ने सभापति श्रेष्ठको भनाई रहेको छ । उनले सरकारलाई शिक्षामा भएको विभेद अन्त्य गर्नका लागिसमेत आग्रह गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगार नागरिकलाई प्रदान गर्नु सरकारको दायित्व भएको तर सरकार यसप्रति उदासिन देखिएको श्रेष्ठले आरोप लगाए । उनले भने, ‘देशमा भएका परिवर्तन केवलकुर्चिमा गएर बस्नका लागि नभएको भन्दै जनताको जीवनस्तर उकास्न नसके त्यसको कुनै अर्थ हँुदैन।’ फरक प्रसं·मा सभापति श्रेष्ठले देशले तीन तहका सरकार पाए पनि शिक्षाको लागि अझैपनि यज्ञ गर्नुपर्ने अवस्था रहनु दुःखद् रहेको धारणा व्यक्त गरे । उनले राष्ट्रको मेरुदण्डशिक्षा भएकाले सरकारले शिक्षा क्षेत्रलाई उपेक्षित गर्न नहुने बताए ।

परम्परागत शिक्षाले मात्रै वर्तमान आवश्यकता पूरा गर्न नसक्ने भन्दै सभापति श्रेष्ठले देशको विकासकालागि अब व्यवसायिक र प्राविधिक शिक्षाको आवश्यकता रहेको औल्याए । उनले प्रति वर्ष झण्डै चार लाख युवाहरु विदेशीनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै देशको स्वाधिनता, सार्वभौमिकता र शिक्षाको विकासका लागि गरिएको लगानी बैंकमा राखिएको नगद पुँजी जस्तै भएको धारणा व्यक्त गरे । गुल्मी र प्यूठानको संगम स्थलमा पर्ने मदाने गाउँपालिका १ अग्लु·फेदीमा रहेको रघुफेदी प्रतिमान् निमा माध्यामिक विद्यालयमा दश जोड दुई कक्षा सञ्चालनका लागि कार्तिक २२ गते देखी धार्मिक महायज्ञ सञ्चालन भएको छ । महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रममा गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष बिष्णु गिरी, मदाने गाउँपालिकाका उपाध्यक्ष सरिताखड्का, गौमुखीका उपाध्यक्ष तुल्सा सुनार, काँग्रेस नेता डा.महेन्द्र कुवँर, मनिराम थापा, वडा अध्यक्ष चुराबहादुर खत्री, प्रेम चन्द बोहोरा लगायतको सहभागिता रहेको थियो ।