विश्वविद्यालयमा बढ्दो राजनितीकरण र बिद्यार्थीको भबिष्य

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
29 Shares


खगेश चन्द – बिधाको मन्दिर माथिको राजनैतिक बलत्कार आम नागरिक र बिद्यार्थी बर्गलाई स्विकार्य छैन ।बिश्वबिधालयलाई दुहुनो गाई बनाउने टाठाबाठाहरुले बिश्वबिधालयहरुमा रमिता मच्चाउदा केही लाभ त भएकै होला तर दुर्गमबाट भबिष्य बनाउने सपना बोकेर बिश्वोबीधालयमा छिरेका जेहनदार ,लगनशील बिद्यार्थीहरुको भबीष्य बिगार्ने कसैलाई अधिकार छैन ।बर्तमान स्थितिमा बिश्वोबिधालयहरु राजनीति गर्ने थलो बनेका छ्न ।बिश्वोबिधालय भित्र यो आजको मात्र समस्या होइन हिजो पनि थियो विशेषगरि बि.स २०४६ साल पछि प्रजातन्त्रको नाममा बिश्वोबिधालयलाई प्रयोग गर्ने गलत सस्कारको सुरुवात भएको हो। राजनिती गर्ने झोले कार्यकर्ता ,दलमा अधारित शिक्षक ,भागबन्डामा आउने पदाधिकारी ,कर्मचारी र राजनैतिक दलमा सँगलग्न बिधार्थी नेता र विभिन्न बिद्यार्थी सँगठनका कारण बिश्वोबिधालयहरुको शैक्षिक अबस्था कमजोर र दिनप्रतिदिन खस्कदै गईरहेको छ।

राजनैतिक चक्रब्युहमा अडकिएक छ्न अहिले धेरै जस्तो बिश्वोबिधालयहरु र प्राज्ञीक, दक्ष ब्यक्ति उत्पादन गर्ने शैक्षिक सँस्था भन्दा पनि राजनैतिक दलका कार्यकार्ता उत्पादन गर्ने कलकारखाना भएको छ ।प्रधानमन्त्री कुलपति ,शिक्षामन्त्री सहकुलपती र राजनितिक सिफारिसमा योग्य ब्यक्तिलाई त्रि.बि को ब्यवस्थापकिय हाई कमान्डमा पठाउने प्राबधान छन।यसबाट प्रष्ट थाहा पाउन सकिन्छकि बिश्वोबिधालयमा राजनैतिक हस्तक्षेप कति हदसम्म हुनसक्छ भन्ने। दलिय भागबन्डामा पुगेका असक्षम र अयोग्य ब्यक्तिहरुको अकर्मयताले बिश्वोबिधालयहरु लथालिङ्ग भएका छन तर मुलुक निर्माण गर्ने ,योग्य ब्यक्ति जन्माउने सँस्था आफै कमजोर प्रशासकहरुको पन्जामा पर्नु मुलुकलाई खतरा पनि हो।अहिले पढाईको स्तर र उत्पादित शैक्षिक जनशक्तिको गुणस्तरीयतामा समेत प्रश्न उठन थालेको छ ।अझै भन्नुपर्दा बिश्वोबिधालयको लक्ष्य र उदेश्यमा नै प्रश्न उठेको छ।बिश्वोबिधालयहरु राजनैतिक थलो बन्दा सुन्दर भबीष्यको सपना बोकेर अध्ययनको लागी पुगेको बिधार्थीहरुका लागि सबैभन्दा तनाबपुर्ण बिषय बनेको छ। राजनैतिक स्वार्थमा खुलिएका बिधार्थी सँगठनहरु र दलका कारिन्दा बनेका लेकचर ,प्राध्यायपकहरुले कसैले आफ्नो उत्तरदायीत्व पूरा गर्नुपर्दैन किनभने दलको झन्डा नै बलियो आधार बनेको छ ।शिक्षकले इमान्दारिता पुर्बक पढाउदैनन ,बिद्यार्थी नेताहरु पढ्दैनन र पढ्ने वातावरण पनि सिर्जना गर्दैनन ।यसरी अनैतिक व्यवहार र हो -ह्ल्ला मच्चाउने देखि लिएर बिधालयको वातावरणमा भाडभैलो मच्चाउने क्रियाकलापमा बढी सँलग्न भएका पाउन सक्छौ ।

बिश्वोबिधालयहरुको शैक्षिक अवस्था लथालिङ्ग छ ।ब्यवस्थापन गर्न गएका पदाधिकारी ,कर्मचारी,पढाउने शिक्षक र पढ्न गएका बिद्यार्थीहरु चरम राजनितिक खेलमा होचिदा बिश्वोबिधालयको गरिमा माथी कालो धब्बा लगेको छ।स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न,कला,बिज्ञान प्रबिधी ,बिबिध पक्षमा अनुसन्धान गर्न ,राष्ट्रिय सस्कृती र परम्पराको सँरक्षण र बिकास गर्न तथा अन्तरास्ट्रियस्तर सम्म विद्यार्थीहरुको प्रतिस्पर्धा र पहुँच पुर्याउनको लागी हामी जहिले पनि सचेत रहेको उनीहरुको ओठेबोलि कुनै नौलो होइन तर यहि शब्दावलीमा मज्जाले खेल्छन र निजि स्वार्थ पुरा गर्छन् ।

मुलुककै सबैभन्दा जेठो बिश्वोबिधालय त्रि.बि जसको स्थापना बि.स २०१६मा भएको थियो तर अहिले लाजमर्दो स्थितिमा पुगेको छ ।लाखौ विद्यार्थीहरुको भाबीष्यको जिम्मेवारी बोकेको शैक्षिक सँस्था अहिले राजनैतिक दलिय बिशाक्त पँन्जाले चीथोर्दा चीथोर्दै लथालिङ्ग अबस्थामा पुगेको छ् भन्दा फरक नपर्ला।अन्तर्राष्ट्रिय हैसियत प्राप्त बिश्वोबिधालयका सर्टिफिकेट पनि मजाक बन्दै नआउला पनि भन्न सकिन्न ।त्रि.बि बाट उत्पादित जनशक्तिलाई देश भित्र रहेका करपोरेट सेक्टरले बेवास्ता गरिदिने सम्भावना निम्तिएको छ।बिश्वोबिधालय नेता नै नेताले भरिएको छ ।त्रि.बि भित्रको गन्जागोल देख्दा समान्य नै लग्ला राजनैतिक दलका नेताहरुलाइ तर जेहनदर,लगनशील ,मेहनती र आफ्नो लक्ष्य बोकेर हेडेका विद्यार्थीहरुका लागि एकदमै तनाबपुर्ण बिषय बनेको छ ।मुलुक हाक्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक क्षेत्रमा भएका शिक्षा बिरोधि हर्कतले कस्तो जनशक्ति उत्पादन होला? राजनैतिक चपेटामा परेको बिधालयले कस्तो जनशक्ति उत्पादन गर्छ होला??यो आम प्रश्न रहेको छ।

गलत राजनितिको बाछीटाले लपेटिदा बिश्वविधालयको शैक्षिक अबस्था धरास्य बन्दै गइरहेको छ।मुलुक हाक्ने द्क्ष जनशक्ति उत्पादन गर्न स्थापना भएका बिश्वोबिधालयहरु तर बिडम्बना शैक्षिक जनशक्ति होइन राजनैतिक दलका कार्यकर्ता उत्पादन गरिरहेको छ।राजनैतिक स्वार्थमा खुलेका राजनैतिक दल निकट विद्यार्थी सँगठनहरुले बिधाको मन्दिरलाई तहसनहस परेका छ्न ।राजनैतिक दलहरुले बिश्वोबिधालयहरुलाई खेलमैदान बनएको छ जहाँ अनेकौ खेलहरु राजनैतिक दलहरुको निर्देशन अनुसार खेलाईन्छ ।अर्को अर्थमा भन्नू पर्दा बिश्वोबिधालयका विद्यार्थीहरुलाई राजनैतिक दलहरुले क्यारम बोर्डका गोट्टि बनाएको छ जहाँ चाह्यो तेहि दुलोमा पसाउन सक्ने र आफ्नो ईच्छा अनुसार खेल्न पनि सक्ने।विद्यार्थी राजनितिको आफ्नै महत्तो छ र होला पानी तर बिश्वोबिधालयमा भएका बिद्यार्थीहरुको शोषण शीबाय अरु केही पनि हुदैन।हामी उदाहरणकै रुपमा २०३७ साल बैशाख २० मा भएको जनमत सँग्रहमा विद्यार्थी सँगठनहरुले योगदान दिदा दिदै पनि प्रहरीको लठ्ठी खाएका थिए अहिले पनि यो परम्परा बिश्वोबिधालयहरुमा कायमै रहेको छ ।

विद्यार्थीबर्ग जसको बुद्दी परिपक्क हुदैन ,जसले ठिक सँग सोच्न सक्दैनन,देशको हित भनेको के हो अहित के हो भन्ने कुरा बुझेका हुदैनन् तिनीहरुलाई राजनैतिक दलहरुले प्रयोग गर्नु वा तिनिहरुको शोषण गर्नु भनेको अपराध हो तेसैले दुर्गम भु-भागबाट सुन्दर भबीष्य बोकेर आएका विद्यार्थीहरुको भबिस्य सँग खेलबाड गर्न कसैलाइ पनि छुट छैन।विद्यार्थी नेतहरुले आफ्नो भित्री अबस्थाको ख्याल नगरी बाहिर बाहिर खुब्बै अग्ला बन्दै गएकाहरु भनेको टाकुरामा उम्रेको च्याउले म टाकुरा भन्दा पनि माथी छु भन्ने भ्रम पाल्नु जस्तै हो ।त्यसैले सबैभन्दा पहिला Yहामि विद्यार्थी बर्गले पहिला हामिलाइ नै चिन्न जरुरी रहेको र त्यसपछी हाम्रो उदेश्य र लक्ष्य प्रती निर्धारित हुनुपर्छ ।विद्यार्थीले आफ्नो कर्म र क्षमतामा बिस्वास गरेर आगाडी बढनुपर्छ नकि कसैको उक्साहट र लहलहैमा ।जबसम्म बिश्वोबिधालयमा राजनैतिक हस्तक्षेप रोकिदैन तबसम्म बिश्वोबिधालयमा स्तरीय शिक्षा र मुलुक हाक्ने दक्ष जनशक्ति को कल्पना गर्नु भनेक निरअर्थक र अर्थहिन हुन्छ।यसका साथै यस्तो शिक्षा पद्धतिको मध्यमबाट विद्यार्थीहारुको भबिष्य पनि उज्जवल होला भन्ने कुरामा दुबिधा नै छ।

                                                                      खगेश चन्द

                                पि.एन क्याम्पस पोखरा , BALLB 2semester अध्ययनरत विद्यार्थी

फेसबुकबाट तपाईको प्रतिक्रिया