ठगी प्रकरणमा ‘अघोरी बाबा’ पनि तानिए , प्रहरीले लियो नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौँ – सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो । बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।