गल्याङ्का किसानलाई घाँसको विउ

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
27 Shares


स्याङ्जा— स्याङ्जाको गल्याङ नगरपालिकाले किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । किसान सम्बन्धि विभिन्न संस्था तथा व्यवसायिक फर्महरुलाई अनुदानको रुपमा घाँसको विउ वितरण गरिएको हो । गल्याङ नगरपालिका भित्रका कृषि फर्म तथा व्यवसायिक कृषकहरुलाई झण्डै १७ सय किलोग्राम घाँसको विउ वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले जानकारी दिए । अर्यालका अनुसार जै जातको घाँसको विउ १६ सय किलोग्राम र बर्सिम जातको घाँसको विउ ७० किलो ग्राम वितरण गरिएको छ । विउ पाएपछि गल्याङ्का किसान उत्साहित भएका छन् । घाँसको विउ वितरण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकाबाट दिइएको विउको सदुपयोग गर्न किसानहरुलाई आग्रह गरे । अनुदान मार्फत दिएको विउले किसानलाई पुग्दैन अधिकारीले भने,“किसान जागरुक हुन सकेमा मात्रै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ ।” नगरपालिकाले नगरवासीलाई आयआर्जनको बाटो अवलम्वन नगरे सम्म नगरपालिकाको समृद्धि नहुने उनले भने । कृषिमा आत्मनिर्भर बनाउने योजना अनुसार नगरपालिकाले किसानहरुलाई घासको विउ वितरण गरेको अधिकारीको भनाई थियो ।

दुध किनेर खानुपर्ने नगरपालिकाबाट अहिले दैनिक २३ सय लिटर दुध निर्यात गर्न सफल भएका छौं अधिकारीले भने “यो किसानहरुको जागर र लगनशिलता परिणाम हो ।” नगर प्रमुख अधिकारीले किसानमा अझै उत्साह थपेर यस वर्ष भित्र पाँच हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेको बताए । नगरपालिकाका हरेक वडालाई कृषि क्षेत्रको विकास गर्ने योजना अनुरुप जमिन अनुसारको कृषि उपज उत्पादनमा किसानहरुलाई जागरुक बनाउने अधिकारीले बताए । आफु नगर प्रमुख नभएर किसानका लागि भरिया र गोठालो हो अधिकारीले भने,“किसानका लागि सहयोग गर्न नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन ।” विदेशी आयत भन्दा स्वदेशमा उत्पादन गरेर निर्यात गर्न सकेमा मात्रै समृद्धि आउने अधिकारीले भने । बाहिर बाट ल्याउन सबै व्यस्त भयौं तर आफ्नै करेसाबारीमा कृषि उत्पादन गर्ने सोच आउन नसक्दा आर्थिक व्ययभार बहन गर्नुपरेको अधिकारीको भनाई छ । गल्याङ नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने अभियान एक बर्ष अगाडी देखि शुरु गरिएको थियो । किसानको दुधलाई अहिले नगरपालिकाले खरिद गरिदिएकाले किसानलाई दुध बिक्रि गर्न कुनै समस्या नभएको पशुशाखाको प्रमुख अर्यालले बताए । नगरपालिकाले दैनिक ५ हजार लिटर दुघ उत्पादन गर्ने लक्ष्य अनुसार अगाडी बढेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न
  • धुर्कोटका ६० अति विपन्न परिवारलाई राहत वितरण