बुटवलमा भएको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी जारी

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल – प्रदेश ५ सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयको आयोजनामा बुटवलमा सुरु भएको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी सोमबार पनि जारी रहेको छ ।मंगलबारसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेश ५ का १२ वटै जिल्लाका स्वास्थ्य शाखाका प्रमुख , प्रदेश अस्पतालका प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रममा मंगलबार कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमखहरुले जिल्लाको स्वास्थ्य अवस्था र चुनौंतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।आईतबार सामाजिक विकास मन्त्री सुदर्शन बरालले कार्यक्रमको उद्घाटन गर्दै आगामी आर्थिक वर्षदेखि प्रदेशमा भएका जिल्ला अस्पतालहरुलाई आईसियु सेवा सहितसञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभएको थियो ।स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले प्रदेश सरकारले सञ्चालन गरेको ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरैमा स्वास्थ्य सेवा कार्यक्रममा १५ हजार ८ सय ९५ जेष्ठ नागरिकलाई सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।प्रदेशका १२

जिल्लामा लागू गरिएको कार्यक्रममा १ करोड ५० लाख बजेट गत आर्थिक वर्षमा बिनियोजन गरिएको बताउँनु भएको छ ।प्रदेश नम्बर ५ भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको भुमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्नको लागि मुख्यमन्त्री कार्यालयले बिहान करिब ११ बजे पत्र कार्यालयमा पत्र पठाएको थियो ।सोमबार डिभिजन कार्यालयमा प्राप्तमा ३ दिन भित्र कार्यालय लोकसेवा आयोगको प्रयोगको लागि खाली गर्न निर्देशन दिईएको कार्यालयका कर्मचारी बताउँछन्।तर मुख्यमन्त्री कार्यालयबाट साढे ३ बजे फोन गरी आधा घण्टा भित्र कार्यालय खाली गराउन फोन आएको र त्यहि अनुसारको काम भईरहेको कार्यालय प्रमुख महेश पोख्रेल बताउँछन् । आफुहरु सरकारी कर्मचारी भएको र सरकारको निर्णयलाई पालना गरेको डिभिजन कार्यालय प्रमुखल पोख्रेलले बताए ।प्रदेश सरकारको निर्देशन अनुसार नै कार्यालयका कर्मचारी मिलेर कार्यालय सार्न प्रयत्न गरेका छन् ।सरकारी डकुमेन्ट दुरुपयोग नहोस भन्नका लागि आफै मिलेर कार्यालय सार्नको लागेको कार्यालय प्रमुख पोख्रेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…