बंगलादेशका राष्ट्रपतिको भ्रमणमा काठमाडौंका मुख्य सडक प्रभावित हुने

sf7df8f}F,@% sflQs -/f;;_ M /fi6«klt ljwfb]jL e08f/Lsf] lgdGq0ffdf cfpg nfUg’ ePsf aªunfb]zsf /fi6«klt df]xDdb cAb’n xldbsf] ed|0fsf] k”j{ ;Wofdf aa/dxn ;8ssf] kf]ndf /flvPsf b’j} b]zsf /fi6«kltsf] t:jL/ . t:jL/ M rGb|snf If]qL
काठमाडौं/ बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।महाशाखाले सोमबार एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो ।
मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।सवारी मार्गमा पूराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया