मिस्टर नेपाली’ बाट आशावादी साहिल र कुसुम

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
23 Shares


काठमाडौँ /देव भुषालको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिस्टर नेपाली’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता भुवन केसीले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नकारात्मक छ । यो फिल्मबाट दुई कलाकारले फिल्म क्षेत्रमा पाइला राख्दैछन् । नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । तर, फिल्ममा भुवनको अभिनय रहेका कारण उनीहरुको पर्याप्त चर्चा हुन सकेको छैन । यद्यपि, फिल्मको कथा भने दुईको वरिपरि घुमेको निर्माण टिमले बताएको छ । नयाँ कलाकारलाई डेब्यू फिल्म हिट हुन आवश्यक हुन्छ

साहिल र कुसुम पनि यो फिल्मबाट दर्शकमाझ चिनिनेमा विश्वस्त छन् । फिल्ममा साहिलले अमेरिकाबाट फर्किएको एक युवकको भूमिका निभाएका छन् । फिल्ममा भुवनसँग उनको टकराव देख्न पाइनेछ । ‘मिस्टर नेपाली’ सफल भएको खण्डमा साहिल र कुसुमको आगामी यात्रा सहज हुनेमा दुईमत छैन ।
फिल्मले विदेशमा रहेपनि नेपाली मन फेरिँदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज फिल्म भएको निर्देशक भुषाल बताउँछन् । प्रेमराज दाहालले फिल्मको निर्माण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया