‘पानीपत’ को ट्रेलर हेरेर भड्किए अफगानिस्तानी दर्शक

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
20 Shares


एजेन्सी /बलिउड फिल्म ‘पानीपत’ ले अफगानिस्तानमा बहस सिर्जना गरेको छ । फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक भएपछि अफगानिस्तानी शासक अहमद शाह अब्दालीको भूमिकालाई लिएर विवाद भएको हो ।डिसेम्बरमा रिलिज हुने यो फिल्ममा सञ्जय दत्तले अहमद शाह अब्दालीको भूमिका निभाएका छन् । यो फिल्म सन् १७६१ मा अब्दाली फौज र मराठा सेनाबीच भएको पानीपतको ऐतिहासिक लडाइँमा आधारित छ ।अफगानिस्तानी दर्शकले ‘पानीपत’ फिल्ममा अहमद शाहलाई खलनायकका रुपमा नदेखाउन भनेका छन् । सामाजिक सञ्जालमार्फत अफगानिस्तानीले अहमद शाह आफ्नो देशका हिरो भएको बताएका छन् ।

उनलाई अफगानिस्तानका जनताले हिरोका रुपमा हेर्ने गर्छन् । साथै उनलाई ‘अहमद शाह बाबा’ पनि भन्ने गर्छन् ।एक प्रयोगकर्ताले लेखेका छन्, ‘डियर बलिउड, म अफगानिस्तानबाट हुँ, सञ्जय दत्त मलाई मन पर्ने अभिनेता हुन्, मलाई विश्वास छ कि फिल्ममा अहमद शाह दुर्रानीको कुनै अपमान गरिएको छैन ।’सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन लगायतको शीर्ष भूमिका रहेको यो फिल्मको यतिबेला चर्चा छ । फिल्मको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया