गुगलले प्ले स्टोरलाई थप सुरक्षित बनाउँने

२५ कार्तिक २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
11 Shares


एजेन्सी/ प्ले स्टोर असुरक्षित बन्दै गएपछि गुगलले त्यसलाई सुधार गर्दै अझ सुरक्षित बनाउने भएको छ । पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएका छन् ।केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त विज्ञापन देखाउने भाइरस एप्स भेटिएको जनाएका थिए ।उनीहरूले आफूले भेटेका त्यस्ता एप्सको विषयमा गूगललाई जानकारी गराइ हटाउन लगाएका थिए ।जसमा ४२ वटा एप्सहरू एडवेयर रहेको उल्लेख थियो । त्यस्ता एपहरूले अनावश्यक रुपमा विज्ञापनहरू दिएर प्रयोगकर्तालाई असर पारिरहेको अनुसन्धानकर्ताहरूको निश्कर्ष थियो ।

ईसेटका अनुसार ती ४२ वटा एप्स अहिलेसम्म कूल मिलाएर ८० लाख पटक डाउनलोड भइसकेको जनाइएको छ । जुन प्रयोगकर्ताका लागि जोखिमपूर्ण रहेको बताइएको थियो । यस्ता घटाना प्ले स्टोरमा धेरै लामो समयदेखि फेला पर्दै आएका छन् ।त्यसैको समाधानका लागि गूगलले सेक्यूरिटी फर्महरूसँग सहकार्य सुरु गरेको हो । जसमार्फत हानिकारक एप्सहरू प्लेस्टोरबाट हटाईने उल्लेख गरिएको छ ।त्यसका लागि कम्पनीले हालै मोबाइल सेक्यूरिटी कम्पनी इसेट, लुकआउट र जिम्पेरियमसँग सहकार्य गर्ने छ । ती कम्पनीहरूले गुगल प्ले स्टोरमा भएका हानिकारक एप्स र एन्ड्रोइड प्रयोगकर्तालाई हुने खतरालाई कम गर्न गुगललाई सघाउने छन् ।यसलाई गुगलले एप डिफेन्स एलाएन्सको नाम दिएको छ । हाल गुगल प्ले स्टोरमा आधारित दुई करोड ५० लाख मोबाइल तथा डिभाइस रहेका छन् । जुन सधै ह्याकरको निशानामा पर्दै आएका छन् । प्ले स्टोरमा नदेखिने मालवेयर र सिक्रेट कोडहरू जासुसी गर्न वा प्रयोगकर्ताको संवेदनशील तथ्याङ्क र सूचना चोर्नका लागि राखिने गरिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया