आज कति पुग्यो सुनको भाउ ? जान्नुहोस्

प्रकाशित मिति:

काठमाडौं – निरन्तर बढ्ने र घट्ने क्रममा रहेको सुनको भाउ मंगलबार स्थिर देखिएको छ । साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर देखिएको हो । साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा यो क्रम सोमबार समेत निरन्तरता पाएको थियो । तर मंगलबार सुनको मूल्य सोमबारकै कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि प्रतितोला छापावाल सुन ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।