पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा–राष्ट्रकवि घिमिरे

प्रकाशित मिति:

काठमाडौं – अहिले भारतले नेपालको भुभाग नै समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध सुरु भएको छ । नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग आफ्नोमा देखाएर भारतले नेपालीहरुमाथि अपमान गरेको छ । एक छिमेकीले अर्को छिमेकीलाई गर्ने व्यवहार सुहाउँदो नभएको धेरैको तर्क छ । आज हामी कक्षा ४ मा विद्यार्थीहरुले पढ्ने राष्ट्रकवि माधव प्रसाद घिमिरेको एक कविताको बारेमा चर्चा गर्न गइरहेका छौं । उहाँले लेख्नु भएको ‘गाउँछ गीत नेपाली’ कविता हरेक नेपाललीले पढेको छ ।

आज हामी हाम्रो इतिहासलाई याद गर्न गइरहेका छौं । कवितामा भनिएको छ, ‘सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली । सीताले सारा भिजाइन् दक्षिण लङ्का, भारत भृकुटी तारा उदाइन् उत्तर चीन, तिब्बत बुद्घले यहीँ पाएथे ज्ञानको पहिलो मुहान । शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान । पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ, हामीले हिमाल उठायौँ एसियाको माझमा ।’ यी हरफहरुले नेपालीहरुको विरतालाई चिनाउँछ ।