सडक विस्तार क्षेत्राधिकार छुट्टाउने काममा अघि बढ्दै उपमहानगर : मुख्य बाइपास सडक विस्तारका लागि नाली निर्माण जारी

बुटवलको तीकुनेदेखि होराइजनचोकसम्म निर्माण हुने नाली बनाउंदै कामदार । 

प्रकाशित मिति:

अमृत पाण्डे /बुटवल – बुटवल उपमहानगरपालीकाको विकासका लागि महत्वपूर्ण भुमिका खेलीरहेका यहांका सडक विस्तारको क्रम अगाडि बढिरहेको छ । बुटवलको नयांबसपार्कदेखि योगिकुटीसम्म संचालनमा आएका होटल तथा रेष्टुरांले बुटवलको पहिचान काठमाण्डौको ठमेल सरह बनाइरहंदा सडक विस्तारका योजनाले यसमा रौनक थपेको छ । सोहीअनुरुप यहांको पुरानो बसर्पाकबाट योगिकुटीसम्म को भित्रि सडक कालिकापथलाई मुख्य आन्तरिक बाइपासका रुपमा निर्माण गर्ने काम सुरु भएको हो ।  यो सडकका लागि बुटवल उपमहानगरपालीकाले संघीय र प्रदेश सरकारको सहकार्यम उक्त बाइपास निर्माणका लागि गत आर्थिक वर्षमा ३ करोड र चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयां विनियोजन गरेको जनाएको छ । सोही बजेट अन्तर्गत गत वर्षको काम भएकाले गत वर्षकै डेढ करोड रुपैयां र यो वर्षको ३ करोड हाराहारीको खर्चले काम हुने उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । हाल तीनकुनेदेखि होराइजन चोकको पुर्वी भागमा नाली निर्माण सम्पन्न गरिनेछ , उनले भने, बुटवलले यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै लगभग तयार भएको छ , त्यहीअनुरुप काम हुन्छ ।

बुटवल प्रदेशको अस्थायी मुकाम भएसंगै पछिल्ला समयमा जनघनत्व र सवारी साधानको चाँप समेत बढ्दो छ । ट्राफिक जामका समस्याले भित्री सडकका उपभोक्ता समस्यामै पर्ने गरेका छन् । यसै कारणले कालिका पथलाई आन्तरिक बाइपास सडकका रुपमा घोषणा गर्दै उपमहानगरले विस्तारको काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । वि सं. ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो । तर त्यसबेला केही अवरोध भएपछि उतिबेलै योजनामा परेको सडक विस्तार ढिलोगरी मात्रै सुरु भएको छ , अब पुरा हुन्छ उनले भने । बुटवलको सबैभन्दा धेरै जनसंख्या रहेको वडा– ११ मा अधिकांस सडकको स्तरोन्नति भएको छ । यहाँ गत आवमा संचालित करिब एक सय योजनामा सडक विस्तार र स्तरोन्नतीका योजना धेरै छन् । नुमना पिच, नमुना नाली निर्माण, ठूला बस्ती जोड्ने पुल निर्माण देखि ढल निकासका काम भएको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।
सडक विस्तारले स्थानीय रुपमा सुन्दरता बढाउने र व्यापारिक हिसाबले सहयोगी भुमिका खेल्ने भएकाले राम्रो काम भएको स्थानीय तिलकराम पौडेलले बताए ।

तर नक्सापास गरेर घर बनाएका र विस्तारका क्रममा केही नरहनेगरी सडकले लाने स्थानीयलाई भने मुआब्जा दिनुपर्छ, उनले भने । उनका अनुसार अस्थायी संरचना बनाएर व्यवसाय गरेकालाई घरबेटीको आग्रहमा हटाउंदै निर्माण काम भइरहेको छ । तर स्थायी पुर्जा भएका स्थानीयलाई क्षतीपुर्ती नदिकन निर्माण गर्ने काम विफल हुने पौडेलले जनाए । यता उपमहानगरको यो कामलाई स्थानीयको जमिन मुआब्जा नदिकन हडप्ने काम भएको स्थानीय सालिकराम भट्टराईले बताए । खरिद गरेर पुर्जा पास गरेको जग्गा मुआब्जा नदिकन भत्काएर सडक विस्तार गर्न खोज्नु अन्याय हो, उनले भने । उनी आफै वडाध्यक्ष हुंदाखेरी ५२ फुटमात्र सडक बन्ने निणर्यअनुरुप जग्गा छोडेर संरचना बनाइएकाले हाल उपमहानगरले ८२ फुटको योजना बनाएर व्यक्तिगत जग्गाभित्र रहेका संरचना हटाउन नहुने बताए । तीनमहिनाअघि नै अदालतमा स्थानीय ५२ जनाले दिएको मुद्धामा अदालतले केही सुनुवाई नसुनाएपछि हाल उपमहानगरको पत्रपश्चात अदालतमा मुद्धा दायर भई बहस चलीरहेको छ । उपमहानगरको वार्ड ९ का अध्यक्ष विष्णुबहादुर थापाले सुजना जारी गरेरै काम थालनी गरेको बताए । सुचना पश्चात पुन ः पत्र पठाएरै जानकारी गराइएको हो , उनले भने ।