फेरि पक्राउ परे हाइप्रोफाइल जुवाडे, सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने

प्रकाशित मिति:

काठमाडौँ –  तिहारको समयमा राजधानीको महाराजगन्जबाट पक्राउ परेका २५ हाइप्रोफाइल जुवाडेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई सोमबार धरौटीमा रिहा गरेपनि सो लगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो ।महाराजगन्ज प्रहरीबाट पक्राउ पर्नेमा क्यासिनो किङ भनेर चिनिएका बलराम सापकोटालगायत रहेका छन् ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने देखिएले उनीहरुलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख बरामद गरेको थियो ।जुवाखालबाट बरामद भएको रकम अकुत सम्पत्ति रहेको हुनसक्ने आशंकामा अनुसन्धान हुन लागेको बताइएको छ ।