सिद्धार्थ विजयी हुदै अन्तिम स्थान चारमा

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
25 Shares


स्वस्तिक श्रेष्ठ / बुटवल – स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ मा सिद्धार्थ युवा क्लब बासगढी विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । भैरव देशभक्त नवलपरासीले सिद्धार्थ युवा क्लब बासगढीलाई ३–२ गोलले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । भैरवले सुनौलो संगम युवा क्लबसंग सेमीफाईनल खेल्ने छ । रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।खेलको ३९ औ मिनेटमा भैरवका अनुप गुरुङले गोल गर्दै खेलमा अग्रता लिए ।

खेलको ४८ औ मिनेटमा राम बहादुर थापा भैरवका लागि अर्को गोल थपे । अनुपले खेलको ५० औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । सिद्धार्थका धनिराम चौधरीले खेलको ५८ औ र रोमियोले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलमा अनुप गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भए ।बुधबार पहिलो सेमीफाईनल खेलमा फर्साटिकर युवा क्लब फर्साटिकरले आयोजक सयपत्री युवा क्लबसंग सामना गर्ने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया