समाजवाद : एक चिन्तनको रुपमा

प्रकाशित मिति:

 प्रकाश चन्द्र भट्टराई

(बहसको लागि लेखिएको लेख)
समाजवाद शब्द नेपाली राजनितिमा बहु प्रयोगिग शब्द हो, नेपाली राजनितिमा स्वर्गिय महामानव वि.पि.ले नेपाली कांग्रेस भित्र प्रथम शब्दको रुपमा समाजवादको प्रयोग गरे पनि, पछिल्लो समयमा यसलाई लहै लहैको रुपमा प्रयोग गर्नेको पार्टिहरुको संख्या बढ्दो छ । समयानाकुल राज्यव्यवस्थामा समाजबादको अपरिहार्य र अक्ष्णुह रहे पनि यसको अध्ययन, यसको उपलब्धि बारेको चिन्तन भने बढो कम नै रहेको छ । नेपालका धेरै राजनितिक दलहरुको प्रस्तावना, घोषणापत्र र उद्देश्यमा समाजवाद शब्दको प्रयोग गए पनि यो साध्य हो साधन होइन भन्ने मूल कुरा नै नबुझेको कारण, बहुजनमत प्राप्तीको लागि साधनको रुपमा प्रयोग गरेको पाइन्छ । यो असाध्यै विडम्वनाको कुरा हो ।
मुलत ः समाजवाद एउटा त्यस्तो आर्थिक व्यवस्था हो जसमा राज्यको सम्पूर्ण अर्थव्यवस्थाको सामाजिक स्वामित्व पूर्णतय राज्यमा निहित रहन्छ जस अन्तर्गत वस्तुको उत्पादन, नियन्त्रण, व्यवस्थापन र कार्यन्वयन आदि। नेपालको सन्दर्भमा निजि एवं व्यक्तिवादी चिन्तन र नाफामुखि व्यवासय बाट ग्रसित जो स्व मूल्य निर्धारण र स्व व्यवस्थापनमा तल्लिन छन ्ति आफूलाइ समाजवादका अनुयाय भन्नेहरु नै सक्रिय हुँदा झनै समाजवादको स्वरुपमा प्रश्नवाचक उत्पन्न हुन्छ ।
समाजवाद पूर्ण हो, यो स्थिर रहन्छ र रहनुपर्दछ भन्ने वाख्याबाट म सन्तुष्ट हुन सक्दिन, अर्थशास्त्रमा आवश्यकताहरुको वर्गिकरण गरिए जस्तै समाजवाद भित्रका अपूर्णताको पनि वर्गिकरण हुन्छ । समय, आवश्यकता, जनताको चेतनाको प्रतिशत, देशको पूजिगत विकास र जनताको चाहाना अनुरुप समाजवादको रङ्ग परिवर्तन हुन्छ, तर समाजवादको परिभाषा परिवर्तन हुन सक्दैन । सायद वि.पि.को समाजवादको वाख्यानमा पनि समय, स्तर र राज्यसत्ताको पुँजी अनुपातमा एउटा सानो घर, दुहुनो गाई र एक हल गोरुमा सिमित गर्नु भएको थियो ।
यो एउटा निरन्तर परिमार्जित गर्दै लैजाने विषयवस्तु हो, त्यसैले युटोपिया (Utopiya) को समाजवाद प्राप्तीको निम्ति पनि थोमस मूर (Thomas Mur) को समाजवादको कल्पना साइमर (Simar)  साइमरको समाजवादको कल्पना दोस्रो शिद्दान्तवादीले मात्र पूर्णता प्रदान गरेको इतिहास पढ्न सक्छौ । त्यसैले समाजवाद, परिवर्तित अर्थव्यवस्था हो, समाजवाद भित्र सत्भाव रहन्छ, शासक र शासित शब्द हराउँदछ, जनतासँग प्रशासन हात्किन्छ, जनता सर्वोपरि हुन्छ । विधिको शासन र जनताको विधि रहन्छ, पार्टी गौण र व्यवस्था प्रगाढ रहन्छ, तर विश्व राजनिति परिभेषमा व्यवस्थाका आकलनको आधारमा समाजवादको ब्यबस्था भन्दा पनि समाजबाद शब्दसँग प्रियबन्न खोजेजस्तो अनुभूति हुन्छ ।
कतिपयले समाजवादलाइ आफ्नो अनुकूलको परिभाषाले औलाएको छन् समाजवाद मात्र कम्युनिष्ट सिद्धान्त बाट प्राप्त गर्न सकिन्छ, यो कम्युनिष्ट व्यवस्था हो आदि, त्यसैले होला कतिपय मुलुकहरु जुन मुलुक द्दबन्द र हिंशाबाट सरकार र सत्ता प्राप्त गरे तत पश्यात व्यक्तिमा निहित शासन व्यवस्था लागु गर्दै र आफूले आफैलाई स्वय समाजवादी मुलुकको रुपमा घोषणा गरे, जस्तै चिन, क्यूवा, भिएतना, उत्तर कोरिया जहाँ आफूले आफैलाई समाजवादी मान्दछन ्। रुसले आकासमा रकेट उढाएर आफुलाई महान शक्तिशालि र समाजवादी देशको रुपमा स्थापित गर्न खोज्यो तर जमिनका १चौथाई जनता भोकमारीले मृत्युवरण गरिरहेको छन् समाजबादमा जनता सर्वेपरि हुन्छ के त्यस मुलुकमा समाजबाद छ भनेर हामी भन्न सक्छौ ? के पुजीं बिना समाजबादको कल्पना गर्न सकिन्छ ?राज्य पुजिँपति हुनको लागि जनतामा सर्वेभौम पुजीको विकास हुन पर्दछ , त्यसको लागि राज्यनियन्त्रितत, विभिन्न उद्योगको विकास हुनु पर्दछ । मौखिक घोषणाको आघार मा समाजबाद प्राप्त गर्न सकिदैन ।
नेपालको परिप्रेक्षमा नेपाली काग्रेसले राष्ट्रियता र लोकतन्त्र पश्चात पुजिको विकास गरि देशमा दिर्घकालिन समाजवादको स्थापना गराउने मुलभुत लक्ष्य त राख्यो तर ७० वर्ष पुरानो समाजवादको कल्पनाले यो आधुनिक परिप्रेक्षपमा यस शिद्दान्तको पुर्ण पक्ष समेट्न सक्दैन यो मात्र पार्टी जोगाउदै लैजाने दाउमा छ के त्यो सम्भव छ ? त्यति ठुलो लक्ष्य प्राप्तिको दौडमा लागेको पार्टी भित्र नबिन सोच क्रियाकलाप चिन्तन मनन असाध्यै आबश्यक हो तर त्यो देखन सकिदैन ‘।
नेपालको संविधान २०७२ को भाग १ को धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य हुनेछ भनि राखिए पश्चात त अरु धेरै पार्टीहरु समाजवादी नामलाई पार्टीको नामनै दिएर आएको परिप्रेक्षमा साच्चीकै पुर्ण बहुमत प्राप्त गरे भने उनको शासन सत्तामा कस्तो किसिमको शासन व्यावस्था लागु गर्ने हुन ? वर्तमान केपि शर्मा ओलिको समाजवादी सरकारले त झनै कन्फ्युजन वनाइदिएको छ । वर्तमान नेपालको कम्युस्ट सरकारको शासन सत्ता माथि निग्रानी गर्नि हो भने, भाषिक रुपमा समाजवाद उन्मुख सरकार भनिए पनि सरकारको कार्यशैली, बजेट विनियोजन र कार्य कौशल हेर्दा त्यस्तो कतै बाट भेटाउन सकिदैन, बरु ओली जी को कटोहर प्रवितिबाट अधिनायक सासन सञ्चालन निति भए जस्तो महसुुस हुन्छ, कि त यो व्यावहारवाद अतिबाद र अवसरवाद बाट उन्मुख भएको सरकार हो होइन भने कम्युनिष्ट सिद्धान्तलाई तिलान्जलि दिएको हो, कम्युनिष्ट विचारधाराको मुल मन्त्र साम्यवाद हो यस भित्र लोकतन्त्र हुदैन, विपक्षी पार्टी हुदैन, निजिघर गाडी केहि हुदैन, यो व्यावस्था क्रान्ति, दद्दवन्त, वर्ग सघंर्षबाट मात्र प्राप्त हुन्छ, रक्तपात पुर्ण सघंर्षबाट मात्र यो व्यावस्था प्राप्त हुन्छ । यसमा ,किनकि मेहनत कम हुन्छ कारण जतिसुकै मेहनत र उत्पादनको पनि मुल्याङ्कन हुदैन, आखिर न प्रचण्ड कममेड यो व्यावस्थाको हिमायती रहनु भयो न ओली कर्मेड, हुन त यो चिन बाहेक अभ्यास गरेका धेरै देशहरु असफल स्थापित भए त्यसैले पनि होला, शक्तिशाली मानियको शोमियत सघंमा त कम्युनिष्ट विचार धारा असफल भयो, अब नेपालको त के कुरा भयोर हाल विश्वमा नेपाल एउटा त्यस्तो देश स्थापीत भयो जहाँ कम्युनिष्टहरुले बढो नयाँ नयाँ दष्टान्त भित्राउछन्, पूष्पलालले साव्यवाद, क. मदन भण्डारीले बहुदलिय समाजवाद जस भित्र (सभ्य र सालिन भए राजा पनि भान्दछु) भन्ने विचार समेट्छ पुन बाम यकता पश्यात त वलि जि को समाजवाद र प्रचण्ड जी को जनवादको फयूजन यो कस्तो व्यावस्था हो ? यसबाट एक फरक राजनैतिक (आर्थिक व्यावस्थाको उदय हुन सक्छ जसभित्र युरोपियन र वैज्ञानिक नयाँ समाजवाद भन्दा वेग्लै किसिमको तर अमूर्त समाजवादको सिर्जना हुन लागेको हो ? यसमा वहस गर्नु आवश्यक छ हामी यस्तै अमुर्त किसिमका व्यावस्थामा आधारित समाजवादको अर्थहिन तर्क हरु दिदै राजनैतिक चलित्र स्थापनार्य असली समाजवादको घाटी निमेट्नि लागिरहेका छेैो यस्तोे राजनितिक भुमरी बाट आम समाजवादी जनमतले कुन बाटो रोज्ने ?
नेपालका धेरै राजनितिक दलहरु गोजिमा उर्दु भासिक ठेगाना लेखियको कागज बोकेर समाजबाद शब्दको पछि दौडिरहेको यथार्तहो मान्छे भएर स्वाधिनता का साथ बाच्न नपाउने महिला भएर सुरक्षित हुन नसक्ने अपराधिक मानशिकता बोक्ने ब्याक्ति राज्यबाट बिभूषित हुने, बिधि को शासन र राज्यको कानुन अनुरुप चल्न खोज्ने व्याक्ति दण्डित हुनु पर्ने ,राज्यका ठूला साख सम्पति बाह्य मूलुकको हात मा सुम्पियर आफनो पद र प्रतिष्ठा जोगाउन उन्मुख प्रमुख रहने अनि चिच्चाउने हामी समाजबादि हौ चिच्याउदैमा समाजबबाद आउछ ?
अन्तत, समाजवाद भित्र भेदभावरहित राजनैतिक एब आर्थिक सु–सासन ,न्यायपुर्ण शासन व्यावस्था, सहभागितात्मक क्रियाकलाप, वार्गिय विभेदको अन्त्य उत्पादन र पुजिँ व्यावस्थापन, स्वभालन्बी जन समुदाय, निसेद पुर्ण व्यक्तिगत महत्वकांक्षा, नाफा नोक्सान क्र्रियापदको अन्त्य, आधारभुत व्यावस्थापनमा राज्य जवाफदेहिता, राष्ट्रिय पुजीको विकास, राज्य अफैवाट सञ्चालित उत्पादन मुखि क्रियाकलाप आयाद भन्दा निपदिमा जोड रहनु पर्दछ । तर नेपालका मुख्य रुपमा आफुलाई राजनैतिक एजेण्डाको रुपमा आफुलाई समाजवादी स्तम्भको रुपमा स्थापित गराउन खोज्ने पार्टीहरु भित्र यसको छलफल खोइ ? नेपालको कम्युनिष्ट भित्र एक अमुर्त सिद्धान्तको प्रयोगशालावादी चिन्तनले निचोड पुर्ण वाद को सिर्जना हुन सकेन नेपाली काग्रेसले २०१५ सालको हेटौडा सम्मेलनमा समाजवादको अल्पवहस पश्याद उहि वि.पि.को समाजवाद र पार्टिको इतिहास भित्र आफ्mनो स्थाइत्व खोजि रहयो यसरी मुल परिवर्तनको दिशा तय गर्ने पार्टी भित्र समाजवादको रुप, रङ्ग र स्पष्ट गन्तव्यको बारेमा अनविज्ञता, अल्पविज्ञता हुदाँ, चुनावी घोषणा पत्रको पाननै पिच्छे ठुला ठुला अक्षरले समाजवाद राखे पनी अन्तन्वगत्वा राज्यसञ्चालन प्रविर्ति अघिनायवाद शैली कै हुने स्पष्ट छ । यसको मुल असर समृद्धि समाजवादी नेपाल भित्र आफुलाई खोज्ने युवामा ै पर्छ त्यसैले समाजवादलाई एक चिन्तनको रुपमा राखेर बहसमा जानु अपरिहार्य छ । धन्यबाद

लेखक नेपाली काग्रेस अर्घाखाची का युबा नेता हुन