युट्युबमा आयो मल्टिस्टारर फिल्म ‘शत्रु गते’ 

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
8 Shares


काठमाडौं / फिल्म ‘शत्रु गते’ युट्युब रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्म मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गर्न सफल भएको थियो । यसअघि अन्य स्ट्रिमिङ साइटमार्फत प्रदर्शन भइसकेको फिल्म युट्युबमा भने आज रिलिज गरिएको हो ।

फिल्ममा दीपकराज गिरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की। बसुन्धरा भुसाल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।कमेडी जानरामा निर्माण भएको यो फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् । यस्तै फिल्ममा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया