तीन जनाविरुद्ध राजस्व छलि अभियोगमा ११ करोड बिगो दाबीसहित मुद्दा दर्ता

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
30 Shares


काठमाडौं – राजस्व छलि अभियोगमा तीन जनाविरुद्ध ११ करोड बढीको विगो दाबीसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।विभागले हस्पी केयर इन्टरनेशनलमा कारोवार गर्ने फरार मुख्य व्यक्ति केशव वंशल, फर्मका प्रोप्राईटर रामसुन्दर रायभर र श्री श्याम ट्रेडर्सका प्रोप्राईटर राकेश पाण्डेयविरुद्ध कर छली अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले उनीहरुविरुद्ध ११ करोड १९ लाख ८४ हजार १ सय ६४ रुपैयाँ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ ।भारतीय नागरिक बंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरु नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको विभागले जनाएको छ ।प्रतिवादीहरुले मु।अ।कर तर्फ ३ करोड १२ लाख १९ हजार ९ सय ५९ रुपैयाँ र आयकर तर्फ ८ करोड ७ लाख ६४ हजार २ सय पाँच रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया