अमेरिका बाट मेरो देश नामक म्युजिक भिडियो सार्वजनिक

२६ कार्तिक २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
159 Shares


अमेरिका – हाल क्यालिफोर्निया स्थित सान फ्रान्सिस्कोमा रहदै आएका १२ वर्षिय बाल गायक ओस्कार शर्मा  मेरो देशू नामक म्युजिक भिडियो मार्फत वजारमा प्रवेश गरेका छन । यस म्युजिक भिडियोमा वालगायक ओस्कारले प्रवासमा रहदा आफ्नो जन्म देश नेपालको स्मरण गर्दै नेपालमा हुने चाडबाड, साथी संगी तथा खोलानाला, पाखा पखेरू हरूले आफ्नो मन तानिरहेको र प्रबासमा रहदा पनि नेपाली पन बाट अलग हुन नसकिने खालको भावना प्रकट गरेको देख्न सकिन्छ । वाल्यकाल देखिनै संगितमा रूचि राख्ने ओस्कारले प्रवासमा रहेर पनि नेपाली गीत संगीत लाइ विर्सेका छैनन् । आलोक शर्मा को संगीत र शकुन्तला पौडेलको शब्दमा रहेको उक्त म्युजिक भिडियो जिनियस डिजिटल ले बजार ब्यवस्थापन गरेको छ ।

भिडियोमा ओस्कार शर्मा, सफल भटृराइ, बिजय शर्मा, सुरक्षा कोइराला लगायतको अभिनय सहेको छ । अमेरिका स्थित सान फ्रान्सिस्को सहरमा तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यस म्युजिक भिडियो को छायांकन तथा निर्देशन आलोक शर्माले नै गरेका छन । नेपालका अत्यन्तै आकर्षक स्थान हरूलाइ समेटि यस म्युजिक भिडियो तयार पारिएको यस भिडियो का संगीतकार तथा निर्देशक आलोक शर्माले वताएका छन । प्रवास मा रहेर पनि नेपाल तथा नेपाली संकृतिको माया मार्न नसकिने भावना ब्यक्त गर्ने ओस्कार अमेरिका भित्र हुने बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिइसकेका तथा थुप्रै सांगीतिक प्रतियोगीतामा सफलता हासिल गरिसका छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया