फौजदारी अभियोगको नाममा व्यवसायी नर्तसाउ ः श्रेष्ठ

प्रकाशित मिति:

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष बिष्णु भाई श्रेष्ठले निर्माण व्यवसायीलाई कारवाहीका लागी सरकारको जंग बहादुर शैली उपयुक्त नभएको बताएका छन । कपिलवस्तु निर्माण व्यवसायी संघको तौलिहवामा आयोजित आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले सो बिचार व्यक्त गरे । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीलाई फौजदारी अभियोगको कारवाहीका नाममा तर्साएर देशको बिकासमा सहयोग नपुग्ने बताए । उनले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरे वा करार अनुसारको गुणस्तर कायम नभए करार ऐन अनुसार कारवाही गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै महासंघका नितीगत उप–महासचिव तथा प्रवक्ता बिष्णु बुढाथोकीले मुलुकी संघियताका कारण निर्माण व्यवसायी समस्यामा परेको बताए । सरकारले खरिद ऐन अनुसार करार गर्ने भएकाले सोही ऐन अनुसार नै नियमन गर्नु पर्ने तथा स्थानिय तहमा उपभोक्ता समिती मार्फत बिकास कार्य अगाडी बढाउदा कामको गुणस्तर खस्किएको उनको भनाई थियो