रावणले उठाउन नसकेको शिवधनुष रामले कसरी तोडे

२७ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
124 Shares


पिनाक भगवान शिवको मुख्य धनुष हो । जुन विनाश तथा प्रलयका लागि प्रयोग गर्ने गरिन्छ । रामायणका अनुसार भगवान देवेन्द्रले एउटै क्षमता भएका दुई ओटा धनुष बनाएका थिए । जसको नाम शारंग र पिनाक थियो । उनले रुद्र भगवान शिव लाई पिनाक र भगवान विष्णुलाई शारंग धनुष दिएका थिए ।देवेन्द्रले भने तिमीहरु आपसमा युद्ध गर जसले दुई धनुषमध्ये कुन शसक्तशाली छ । त्यसपछि युद्ध सुरु हुनुभन्दा पहिले उनी देवेन्द्र आकाशवाणी भए किनकि युद्ध विनाशको कारण बन्ने सोचले युद्ध रोकेका थिए । आकाशवाणी हुनुभन्दा पहिले रुद्रले धनुष फालिदिए जुन पृथ्वीमा खस्यो त्यसपछि शिवधनुष भन्न थालियो ।

भगवान शिवको धनुष शक्तिशाली र चमत्कारिक थियो । धनुषको आवाजबाट नै बादल फाट्थ्यो । पहाड भूकम्प गए जसरी हल्लिन थाल्थ्यो ।शिवले एक तीरबाट त्रिपुरासुरको तीन ओटा नगर ध्वस्त पारेका थिए । देवीदेवताको अन्त्यपछि उक्त धनुष देवराज इन्द्रलाई सुम्पिएको थियो ।देवताहरुले राजा जनकका पूर्वज देवराजलाई दिए । राजा जनकका पूर्वजमा निमिका जेठा छोरा देवराज थिए । शिव धनुष उनको धरोहर स्वरुप जनकसँग सुरक्षित थियो । विशालकाय धनुषलाई जो कोहीले उठाउने हिम्मत गर्न सक्दैनथे । तर रामले उक्त धनुष तोडेका थिए । किनभने उनले राजा जनकको छोरीलाई आफ्नो पत्नी बनाउने उद्धेश्यले शिवधनुष तोडेका थिए ।धार्मिक ग्रन्थको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया