यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपाल र भारत भिड्दै

प्रकाशित मिति:

काठमाडौं/ यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज बुधबार भारतको ए टीमसँग प्रतिस्पर्धा गर्दैछ ।भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे शुरु हुनेछ ।सुरुवात खेल गुमाएका दुवै टिमलाई खेलमा फर्कन जित आवश्यक छ । पहिलो खेलमा ए टिम जय गोहिलले ९९ रनको ईनिङ्स खेल्दा समेत भारतको ए टिम बी टीमसँग पराजित हुन पुगेको थियो ।अर्कोतर्फ नेपाल भने भारतको सी टीमसँग फराकिलो अन्तरले हार्न पुग्यो । नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य सी टीमले २१ दशमलव १ ओभरमा विना विकेटको क्षतीमा पुरा गरेको थियो ।

नेपालका कुशल मल्लले बनाएको २६ रन टोलीको सर्वाधिक स्कोर रहेको थियो ।भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।