गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

प्रकाशित मिति:

उदयपुर — उदयपुर जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार राति एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गोलीको छर्रा लागेर स्थानीय ५० वर्षीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर राउतलाई लागेको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।