लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार, स्थिति अझै पनि नाजुक

प्रकाशित मिति:

एजेन्सी /स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालमा उपचाररत भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । यद्यपि अस्पतालले उनी अझै पनि लताको स्वास्थ्य अवस्था नाजुक भएको जनाएको छ ।९० वर्षीया लता मंगेशकरलाई सोमबार मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरु उनको उपचारमा जुटेका छन् ।

अस्पताल स्रोतले लताको स्वास्थ्यमा सामान्य सुधार आएको बताएको भारतीय मिडियाले लेखेका छन् ।हिन्दी, क्षेत्रीय र विदेशी भाषामा हजारौं गीत गाएकी लता मंगेशकरले यस वर्ष ‘सौगन्ध मुझे इस मिट्टी की’ रेकर्ड गराएकी थिइन् । भारतमा खुबै लोकप्रिय लतालाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ प्रदान गरिएको थियो ।