रेडक्रसले विश्व प्राथमिक उपचार दिवस विविध कार्यक्रम गरी मनायो

प्रकाशित मिति:

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिले यसवर्षको विश्व प्राथमिक उपचार दिवस पाल्पा शाखाको आतिथ्यतामा तानसेनमा विविध कार्यक्रम गरी मनाएको छ ।हरेक वर्ष नया“ स्थानमा मनाउने सन्दर्भमा यसवर्ष सडक दुर्घटनामा प्राथमिक उपचार भन्ने नारासहित पाल्पाको तानसेनमा मनाएको हो । १२ वटा उपशाखा, विभिन्न विद्यालयका विद्यँर्थी, रेडक्रस युवा सर्कल, महिला लगायतको सहभागीतामा प्रचारात्मक ढंगले मनाइएको हो । पाल्पाको तानसेन टु“डिखेलबाट पञ्चेबाजा, व्यानर, प्लेकार्ड, हाते पर्चा बितरण गर्दै तानसेनका विभिन्न मागमा परिक्रमा गरेका थिए । र्याली पछि आयोजित कार्यक्रममा सहभागीले नेपालमा हरेक दिन ६ जनाको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेकोले यस विषलाई गम्भीरताका साथ आत्मसाथ गर्दै विश्व भरिका रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरुले यही विषयमा दिवस मनाउने बताएका थिए । रेडक्रसको देशभर १ हजार २ सय ३० प्रशिक्ष्ँक र ३२ हजार ४ सय प्राथमिक उपचार स्वयंसेवक रहेका छन ।