अमृत पाण्डेय / बुटवल – बुटवल उपमहानगरपालीकाको वार्ड –११ मा भइरहेको फोहर व्यवस्थापन अहिले स्थानीयका लागि टाउको दुखाई भएको छ । विगत ३ वर्षदेखि उपमहानगरले वार्ड–११ को हात्तीसुंढमा नदी उकास क्षेत्रमा खाल्डो पुरिदिने सम्झौताअनुरुप फोहर व्यवस्थापन गर्ने काम गरिरहेको छ । उपमहानगरको सम्झौताअनुसार फोहर फालिसकेपछि माटोले पुरेर छोड्ने भनिएपनि नपुर्दा समस्या परेको स्थानीय राजु सुनारले बताए । फोहर बाहिरै भएपछि झिंगा भन्किएर खानामा समेत पर्ने गरेको छ , उनले भने यसले स्वास्थ्यमा धेरै असर गरेको छ । उनका अनुसार फोहरले गर्दा नै धेरैजना बिरामी समेत परेका छन् ।
खाल्डा भएकाले खाल्डा पुर्ने र हात्तीसुंढको विकासका लागि उपमहानगरले कार्य गर्ने शर्तमा सुरु भएको फोहर व्यवस्थापन अहिले खोलाबाट निकासी नहुंदा फोहर नपुरिएकाले समस्या भएको टोल विकास संस्थाका अध्यक्ष रोलबहादुर रानाले बताए । श्रावणबाट यता पुर्ने काम रोकिएको छ, उनले भने, त्यसअघि पुर्ने गर्दा त्यती असर भएको थिएन । उनले यसकको पहलका लागि उपमहानगरमा आग्रह गरिरहेको बताए । माघपछि फोहर व्यवस्थापन केन्द्र अन्यत्र सर्ने भएकाले त्यतिनजेलसम्म समस्या खेप्नैपर्ने बाध्यता रहेको उनको भनाइ छ । बुटवल उपमहानगरपालीका –११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले सम्झौता गर्दा स्थानीय स्थान विकास हुने हेतुले गरेको भएकाले त्यहां गर्नुपर्ने सरसफाई गरेर फोहर पुर्ने काम गरिने बताए । कहिलेकांही फोहर व्यवस्थापनमा रोक्ने र माग गर्ने गर्नुहुन्छ , उनले भने, माग पुरा भएपछि पुन ः व्यवस्थापन गर्न दिनुहुन्छ । उनले फेरि प्रयोग गर्न मिल्ने फोहरलाई प्रयोगको लागि लैजाने गरिएको समेत जनाए ।
हेर्नुहोस् सबलपोस्ट डटकमले तयार पारेको यो भिडियो रिपोर्ट :