आँचल मंसिरमा बेहुली बन्दै !

२७ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
58 Shares


काठमाडौं – नेपाली अभिनेत्री आँचल शर्माले केही दिन अगाडि मात्र प्रेमको एक वर्ष पुरा गरेकी छिन् । प्रेमलाई यस वर्षको आउँदो मंसिरमा उनले विवाहमा परिणत गर्ने विचार गरेकी छिन् । आँचलले यस वर्ष विवाह गर्ने तयारी भइरहेको जनाएकी हुन् । एक वर्षसम्म डा. उदिप श्रेष्ठसँगको प्रेम सम्बन्ध लुकाएर राखेकी अभिनेत्री आँचल आजभोली भने खुल्न थालेकी छन् । उनले आफ्नो प्रेमीसँगको पहिलो भेटदेखि प्रेमीको आनीबानीसम्म सबै खोलेकी अन्तर्वाताहरु अहिले युट्युबमा भाइरल भएको छ ।

आँचल र डा. उदिप विवाहको तयारीमा रहेको जनाइएको छ । तर, विवाहको मिति भने अझै टुंगो लागेको छैन । आँचल कुनै चलचित्रमा व्यस्त नभएको कारण बिहेका लागि मंसिर महिना रोजिएको कुरा बहिर आएको छ । डा. उदिप भन्दा अघि आँचलको नाम अभिनेता पलसँग जोडिएको थियो । विभिन्न म्यूजिक भिडियोमा देखिने पलले “नाईं नभन्नू ल ४” बाट एकसाथ आँचलसँग चलचित्रमा अभिनय डेब्यू गरेका थिए । पल र आँचलको जोडीलाई सबैले मन पराएपछि उनीहरुले एकसाथ ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि काम गरेका थिए । उनीहरुले साथमा सय बढी भिडियोमा अभिनय गरेका छन् ।

प्रेम चर्चा चलिरहँदा उनीहरु दुवैले कहिल्यै प्रेम सम्बन्धमा रहेको स्वीकार गरेनन् । आँचलले पललाई आफ्नो विवाहको निमन्त्रणा कार्ड पठाउने बाचा गरेकी छन् । पलले पनि आफ्नो फ्यानहरुले आँचललाई गाली गलोज गर्दा आँचल आफ्नो साथी मात्र रहेको र गाली गलोज नगर्न फेसबुकमार्फत् आग्रह गरेका छन् । पलका फ्यानहरुले पललाई धोका दिएको भन्दै आँचललाई गाली गलोज गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृतक र बिदेसबाट आउने नेपालीबारे – डा रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा