आरती बचत तथा ऋण सहकारी द्धारा युवाहरुलाई स्वरोजगार कार्यक्रम संचालन

प्रकाशित मिति:

आरती बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले युवाहरुलाई स्वरोजगार बनाउन यूवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रस्ताव सहित को पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सहकारीका सदस्यहरुले मोबाईल, ल्यापटप, प्लम्बिङ्ग तथा इलेक्ट्रिकल्स तालिम सञ्चालनका लागि प्रतिबद्धता जनाएपछि यूवा स्वरोजगार कार्यक्रम गर्ने भएको हो । सहकारीको शनिबार बुटवलमा भएको पाँचौ साधारणसभाले विभिन्न प्रस्तावहरु पारित गरेको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताए ।कार्यक्रममा नेपाल वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद नेपाल, ललितपुर बहुउलेश्यीय सहकारीका अध्यक्ष किशोर महर्जन, बुटवल उपमहानगरका राजन विसि, लालटिन कृषि सहकारी संघका अध्यक्ष गंगालाल सापकोटा, संसार बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु वोस्ती, जियोनिक ल्याब्रोटरीका मानकुमार श्रेष्ठले बोल्दै सहकारीलाई उत्पादन र बचतमा जोड्नुपर्ने बताए ।सहकारीका अध्यक्ष खड्कबहादुर थापाको अध्यक्षता, लेखा समिति सदस्य कृष्ण बहादुर जिसिको स्वागत तथा सञ्चारकर्मी सुरज थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।