उपनिर्वाचनका लागि सीके राउतको पार्टीले दियो उम्मेदवारी

प्रकाशित मिति:

महोत्तरी– सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेको छ । महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनामा जनमत पार्टीले उम्मेदवारी दर्ता गरेको हो ।

जनमत पार्टीका तर्फबाट अञ्जुदेवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् । महोत्तरीको पिपरा गाउँपालिका गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधन भएपछि मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।