धनपालथानको उपचुनावमा कांग्रेस र समावजादीबीच तालमेल

प्रकाशित मिति:

विराटनगर – मोरङको धनपालथान गाउँपालिकाको उपचुनावमा नेपाली कांगेस र समाजवादी पार्टीले तालमेल गरेका छन् । धनपालथान वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसले नारायणप्रसाद साहलाई उमेदवार बनाएको छ । समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्ना उमेदवारी नहुने कांग्रेससंग सहमति गरेको छ । समाजवादीले डम्बरलाल मण्डलले वडाअध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको थियो । दुबै पार्टीले आज बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चुनावमा तालमेल गरिएको जनाएका छन् । समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले दुबै पार्टीले चुनावमा एक भएर लड्नको लागि तालमेल गरिएको बताए ।

भने,‘‘हाम्रो उमेदवारले अब मनोनयन दर्ता गराउनु हुने छैन ।’  कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले चुनावमा तालमेलन गर्न दुबै पार्टीले छलफल गरी निर्णयमा पुगेको बताए । भने,‘‘दलगत रुपमा एकताको सन्देश दिनको लागि पनि हामीले चुनावमा तालमेल गरेका हौं ।’’ उनले चुनावी परिणाम आफूहरुकै पक्षमा आउने दाबी गरे । यसअघि तत्कालीन एमालेबाट निर्वाचित वडाअध्यक्ष बलिराम भगतको सर्पले डसेर भगतको २०७५ जेठ २४ गते मृत्युको भएपछि धनपालथानमा वडाअध्यक्ष पद खाली थियो । त्यहाँ चुनावी तालमेलपछि नेकपाका उम्मेदवारलाई समाजवादी र कांग्रेसका उमेदवारले टक्कर दिने समाजवादी पार्टीका मोरङ अध्यक्ष यादवले बताए । त्यहाँ हुने उप चुनावमा चार हजार १४२ मतदाताले मतदान गर्ने छन् ।