अलऐनमा रहेका नेपालीले यसरि मनाए तीज

प्रकाशित मिति:
 रोजगारीको शिलशिलामा युएईका विभिन्न क्षेत्रमा रहेका नेपालीहरुले गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन अलऐनमा रहेको टप ५ रेस्टुरेन्ट नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बिबिध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन । एनआरएनए युएई क्षेत्रीय समन्यव परिषद अलऐनले आयोजना गरेको नेपाली दिदीबहिनीहरुलाई दर खुवाउने तथा तीज बिशेष साँस्कृतिक कार्यक्रममा परिषदका अध्यक्ष गोपाल पौडेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथ्यता एनआरएनए एनसीसी युएईका अध्यक्ष रमेश श्रेष्ठको रहेको थियो । त्यस्तै बिशेष अतिथिमा आशा H4 फाउन्डेसनकी संचालिका आशा लामाको रहेको थियो । तेस्तै बिशेष अतिथिहरुमा एनआरएनए आईसीसी सदस्य मनोज कुमार श्रेष्ठ, एनआरएनए युएई एनसीसी महासचिब कृष्ण पौडेल, एनआरएनए युएई एनसीसी कोषाध्यक्ष राजु केसी, एनआरएनए युएई एनसीसी युवा संयोजक नबिन पौडेल, एनआरएनए युएई एनसीसी सदस्य बिष्णुहरि बगाले, एनआरएनए युएई एनसीसी सदस्य राजन खतिवडा, जनजाति महासंघ युएईका महासचिब सनिल घिसिंग, एनआरएनए युएई अबुधाबी क्षेत्रीय अध्यक्ष दुर्योधन कार्कीको उपस्थिती रहेको थियो । कार्यक्रममा एनआरएनए युएई साँस्कृतिक बिभाग सदस्य कृश सुनार / एमडी बोहोरा, जनसम्पर्क समिति अलऐनका सभापति जनक सापकोटा, ईनास अलऐनका अध्यक्ष बिक्रम परियार, अर्घाखाची समाज अलऐनका अध्यक्ष प्रकाश महत, झापाली समाज अलऐनका अध्यक्ष दिपक अधिकारी लगायत अन्य संस्थाका प्रतिनिधिहरुको आतिथ्यथा रहेको थियो । कार्यक्रमलाई औपचारिक र साँस्कृतिक गरि दुई चरणमा सन्चालन गरिएको थियो । औपचारिक कार्यक्रमको सन्चालन एनआरएनए युएई क्षेत्रीय समन्यव परिषद अलऐनका सह सचिब बिष्णु ढकालले गरेका थिए भने साँस्कृतिक कार्यक्रम संचारकर्मी कमल न्यौपाने संचालन गरेका थिए । औपचारिक कार्यक्रमको शुरुवातमा नेपाली रास्ट्रिय गीत बजाउदै प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गरिएको थियो । उदघाटन कार्यक्रम पछी उपस्थित सबैलाई कार्यक्रम संयोजक उज्वल दाहालले मन्तब्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा बाल मंचका कलाकारहरुले रास्ट्रिय भावका गीतमा आफ्नो प्रस्तुति राख्दै उपस्थित सबैलाई मनोरंजन गराएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले बोल्ने क्रममा एनआरएनए युएईले गर्ने सबैखाले कार्यक्रममा अधिकतम नेपालीको साथ र सहयोग रहेकोको पनि कार्यक्रम सफल हुनेमा सबै ढुक्क भएको बताए । भोलिका दिनमा पनि यस्तै साथ र सहयोग हुनेपर्नेमा अथितिहरुले जोड दिएका थिए । कार्यक्रममा युएईमै रहेर रोजगारीसंगै बचेको समयलाई गीत संगीतमा केहि गर्छु भन्दै लागेका दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुति रहेको थियो । गायनतर्फ पारस लामा, सानु स्मिथ, जनक रुचाल, प्रशान्त ताजपुरियाको बिशेष प्रस्तुति थियो भने नृत्यतर्फ अनुराग थपलिया, रेबिका थापा, नम्रता लामा, नेमिका गुरुङ, अर्मीला तामांग, मनोज पौडेल, अस्मिता गिरि, सम्पूर्ण पौडेल, आर्यन लामिछाने, सौभाग्य पौडेल, अटलबाबु लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रम सम्पन्न गर्नकै निम्ति अलऐनमा रहेका थुप्रै व्यवसायिक फर्म लगायत अन्य व्यक्तित्वको समेत साथ र सहयोग रहेको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि UAE Exchange को तर्फबाट बिशेष साथ र सहयोग रहेको थियो । UAE Exchange का कस्टमर सर्भिस म्यानेजर सन्तोष प्रसाईले आगामी कार्यक्रममा पनि यस्तै साथ र सहयोग रहने जानकारी गराएका थिए त्यसै कार्यक्रमको मुख्य प्रायोजन हिमालय एयरलाईन्स, अल अहालिया एक्सचेन्ज र सेन्चुरि रेमिटले गरेका थिए ।