गुल्मीमा वडाअध्यक्षका लागि ३ जनाको उम्मेदवारी

प्रकाशित मिति:

गुल्मी – मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा हुने वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हुदैछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जालीलाई प्रतिस्पर्धामा उतारेको छ । नेपाली काँग्रेसले बेदप्रसाद दर्लामीलाई उमेदवार बनाएको छ । दुवै जनाले बुधबार उल्लासपुर्ण रुपमा मनोनय दर्ता गरेका छन् । त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि जना स्वतन्त्र उम्मेदवारले पनि मनोनय दर्ता गराएको मुख्या निर्वाचन कार्यालय रुरुक्षेत्र गाउँपालिकाले जनाएको छ । अध्यक्षका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदरवारी दिएका छन् ।

नेपाली काँग्रेसले केन्द्रिय सदस्य चन्द्र भण्डारी, गुल्मी जिल्ला सचिव खिलध्वज पन्थी सहित जिल्ला स्तरी नेता तथा अगुवा कार्यकताहरु सहित मनोनय दर्ता गराएका थिए त्यस्तै मनोनय दर्ता कार्यक्रममा नेकपाबाट प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ, दिनेश पन्थी, नेकपा गुल्मी अध्यक्ष मधुकृष्ण पन्त सहितका जिल्ला एवं स्थानीय कार्यकर्ताहरुको उपस्थितमा दर्ता गराएका हुन् । मनोनय दर्ताको लागि बिहान १ बजे देखि १ बजेसम्मको लागि समय तोकिएको थियो । वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।