दाङमा नेकपाका कार्यकर्ताले बाजा बजाएर गराए बागी उम्मेदवारी दर्ता

प्रकाशित मिति:

दाङ –  मसिंर १४ गते हुने उपनिर्वाचनमा दाङमा नेकपाबाट वडाध्यक्ष पदमा बागी उम्मेदवारी परेको छ । नेकपाकै कार्यकर्ता जगलाल चौधरीले नेकपाको कार्यदलको निर्णय प्रति तिब्र असन्तुस्टि जानाउदै बागी उम्मेदवारी दर्ता गरेका हुन्। घोराही उपमहानगरपालिका वडा नं १६ मा तत्कालिन वडाध्यक्ष लक्षिन प्रसाद् बुढाको मृत्यु भएपछि रिक्त रहेकको वडाध्यक्ष पदमा यहि मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । नेपालि राष्ट्रिय झण्डा, बाजागाजासहित मनोनयन दर्तागराउन निर्वाचन कार्यलय पुगेकी चौधरीले नेताको गुलामी र दलाली गर्नै प्रबृत्तिको बिरोधमा आफ्नो उम्मेदवारी परेको बताए ।

वडा नं १६ का तत्कालिन अध्यक्ष लक्षिन प्रसाद बुढाको सपना पुरा गर्न १६ नं वडाका जनताहरुले आफुलाई चुनावमा उठ्न प्रेरणा दिएको चौधरीले भने। “मेरो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन ” चौधरीले भने । यस्तै देशै वडा नं १६ को संभावित उम्मेदवारमा स्व. लक्षिन प्रसाद बुढाको श्रीमती लालमति बुढाको नाम चार्चामा थियो । मंसीर १४ गते हुन गईरहेको उपनिर्वाचनमा स्वर्गीय भएको श्रीमानको स्थानमा पार्टीले विश्वास र सहानुभूति देखाउँदै उनकै श्रीमतीलाई टिकट दिइरहेको बेला घोराही उपमहानगर १६ नम्बर वडाध्यक्ष पदमा भने त्यसो नगरिएको भन्दै सरोकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बैजाली बुढा मगर समाज दाङ र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले बुधबार बिहान छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उनीहरुले गम्भीर आपत्ति जनाएका हुन् । स्वर्गीय लक्षिनप्रसाद बुढा मगरकी धर्मपत्नी लालमति बुढामगर आदिबासी जनजाति भएकै कारण पार्टीका तर्फबाट विभेद गरी राजनीतिक अधिकार खोसेको भन्दै आपत्ति जनाएका छन् । नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुनमगर र सचिव मुक्त बुढामगरले विज्ञप्ति जारी गर्दै नेकपाको तर्फबाट गरिएको गलत निर्णय सच्याउँदै लक्षिनप्रसादकी धर्मपत्नी लालमतिलाई नै उम्मेदवार माग बनाउन माग गरेका छन् । स्वर्गीय लक्षिनप्रसाद नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट सिफारिस भइ वडाध्यक्षमा निर्वा्चित भएका थिए ।