काबुल विस्फोटमा ७ जनाको मृत्यु

प्रकाशित मिति:

काबुल – अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ७:२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा अन्य ७ जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरु, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ । गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कार बम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन् । बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षा फौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैनन् ।