विपी स्मृतीमा विभिन्न कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नेपाली कांग्रेस बुटवल नगर समितिको आयोजनामा विपिचोकमा रहेको विपिको शालिकमा माल्यापर्ण गरिएको छ । विपि जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले विपिको विचार आजको दिनमा पनि उत्तिकै सान्द्भिक रहेको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीलाई बलियो बनाउन पार्टिको
सभापतिको अधिकार कटौती गर्न नहुने बताउनु भयो ।
उहाले सामुहिक नेतृत्वमा जादा पार्टी सभापतिको अधिकार काटिएर पार्टी नै चलाउन समस्या भएकाले सभापतिय वा एकल संक्रमणीय निर्वाचन पद्धतिमा गएर पार्टीलाई बलियो बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले पार्र्टीलाई बलियो बनाउन काग्रेस नेता कार्यकर्ताले बीपीमा सिद्धान्तलाई व्यवहारीक पालना गर्नुपर्ने बताउनु भयो ।
महासमिति सदस्य बाल कुमारी भण्डारीले पार्टी भित्रको गुटको राजनीति अन्त्य हुनुपर्ने बताउनु भयो । नगरसभापति खेलराज पाण्डेको सभापतित्व, सचिव ज्योति भण्डारीको सञ्चालन र उपसभापति बिमलराज भट्टराईको स्वागतमा कार्यक्रम भएको थियो । सो अवसरमा नेता खाँण सहितका नेता कार्यकर्ताहरुले बीपीको शालिकमा माल्यापर्ण गरेका थिए ।