सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तरको चिन्ता

प्रकाशित मिति:

कपिलवस्तुको बाणगँगा नगरपालीकाका ६ बटा आधारभुत तहका सामुदायिक विद्यालयमा विद्यार्थिको अनुपातमा शिक्षक बढि छन् । धेरैजसो जिल्लामा विद्यार्थी संख्या कम भएकै कारण सामुदायिक विद्यालयहरु एक आपसमा गाँभिनेक्रम भएपनि ती विद्यालयमा भने कुनै सुरसार छैन । २०५२ सालमा स्थापना भएको कपिलवस्तुको जनता ज्ञानोदय आधारभुत विद्यालय पिपरामा कक्षा ३ सम्म पठनपाठन हुन्छ । ४१ जना विद्यार्थि भर्ना रजिष्टरमा देखिएपनि २५ जना विद्यार्थिलाइ ३ जना शिक्षिकाले पठनपाठन गराउन बाध्य रहेको जनता ज्ञानोदय प्राविका सहायक प्रधानध्यापक सविता पन्थ बताउनुहुन्छ । जनता ज्ञानोदय मात्र होइन बाणगँगा नगरपालीका भित्र रहेका कोटिया आधारभुत गँगोलीया, शारदा आधारभुत पटना, सरस्वती आधारभुत गजेहडा,वरकतिया आधारभुत बालापुर, गोत्तम बुद्ध आधारभुत भलवाडको अवस्था पनि फरक छैन । अभिभावक रत्न बहादुर कार्किका अनुसार कम विद्यार्थि सँख्या भएका विद्यालय पाएक स्थानका विद्यालयमा मर्च गर्नुपर्ने सुझाव छ ।
आवाज
सरकारको लाखौको लगानीमा पर्याप्त भौतिक पुर्वाधार र दरवन्दी अनुसारका शिक्षक भएपनि अभिभावकको अग्रेजी शिक्षा प्रतिको मोहका कारण सामुदायिक विद्यालयमा विद्यार्थि सँख्यामा कमि आएको कोटिया आधारभुतका प्रधानध्यापक कृष्ण प्रसाद खनालको दावी छ । शिक्षक दरवन्दी मिलान नहुँदा कपिलबस्तुका अधिकाँश विद्यालयमा भने शिक्षकको अनुपातमा विद्यार्थी बढी भएपछि पठनपाठनमा समस्या छ । देश संघीय संरचनामा गैसकेपछि प्रदेश सरकारको स्वीकृतिमा दरवन्दी मिलान र विद्यालय मर्च गर्ने काम अगाडी बढाउने शिक्षाका अधिकारी रेश्मीराज अर्याल बताउनुहुन्छ । दरबन्दी र राहत कोटामा गरी एक हजार नौ सय ८८ शिक्षक कार्यरत रहेको कपिलबस्तुमा ५ सय ३२ दरबन्दी अपुग रहेको शिक्षा कार्यालयका उपसचिव बावुराम भट्राइले जानकारी दिनुभयो । कपिलवस्तुका चार सय ३१ सामुदायिक विद्यालयमा आधारभुत, माध्यमिक र उच्चमाध्यमिक तहमा गरी एक लाख ३१ हजार विद्यार्थी पठनपाठन गर्छन् ।