भर्खरै प्रकाशित B.B.S. 4 th year को नतिजा यसरी Online चेक गर्नुहोस्

प्रकाशित मिति:

काठमाडौ – लामो समय देखि प्रतिक्षाको रुपमा रहेको स्नातक तहको नतिजा आज सार्वजनिक भएको छ । त्रिविले आज बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक गरेको हो । केही हप्ता पहिले नतिजा आएको खबर भाइरल भए पनि त्यसमा कुनै पनि प्रकारको सत्यता रहेको थिएन ।

लामो समय भैसक्दा पनि नतिजा नआउँदा विद्यार्थीहरुमा एक खालको नैराश्यता देखिएको थियो । आज भने त्रिविले नतिजा सार्वजनिक भएको अबेर मात्रै जानकारी गराएको छ । आज प्रकाशित भएको नतिजा त्रिविले आफ्नो वबसाईटमा प्रकाशित गरिसकेको छ । अनलाइन नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । साथै त्रिविको tuexam.edu.np वेबसाईट मा गएर Select Result को बक्समा क्लिक गर्नुहोस् । त्यहाँ 4-YRS B.B.S. -fourth year 2076 छान्नुहोस् ।

र आफ्नो Roll Number सिम्बोल नम्बर राखेर चेक गर्नुहोस् । साथै नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ । नतिजा आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनु होला ।