प्युठानमा जीप दुर्घटना एकको मृत्यु

प्रकाशित मिति:

प्युठान – आज विहान प्युठानमा पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग २ च ५२४९ नम्बरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ , भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मृतको नाम ठेगाना भने खुलेको छैन । गाडी करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिंंग्रीमा उपचार भइरहेको छ ।