आबुधावीमा नेपाली बालबालिकाको चित्रकला प्रदर्शनी

प्रकाशित मिति:

काठमाडौं – युएईको आबुधाबीमा ३ दिने चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । १२४ देशका ६ वर्षदखि १२ वर्षसम्मका विद्यार्थीहरुको चित्रकला प्रदर्शनीमा राखिएको थियो । संसारमा शान्ति चाहिन्छ भन्ने नारामा आधारित चित्रकला प्रदर्शनीमा नेपालका विद्यार्थीहरुको ३० वटा चित्रकला पनि सामेल गरिएको थियो । बालचित्रसम्बन्धी अन्तर्राष्ट्रिय संस्था कलर फर पिसको आयोजनामा भएको प्रदर्शनी आबुधावीको अटिज्म सेन्टरमा भएको हो । उतm अन्तर्राष्ट्रिय संस्थाको नेपालको आधिकारिक संस्था योङ्ग पिकासो कम्युनिटी स्कुल अफ फाइन आर्टका १५ जना र अरु विद्यालय, रिजेन्ट इन्टरनेशनल स्कुल, आदर्श विद्या सदन स्कुल, ललित सेकेन्डरी स्कुलबाट १५ जना गरी ३० जना विद्यार्थीको चित्रकला प्रदर्शनीको लागि छानिएको थियो ।

योङ्ग पिकासोका संचालक तथा गुरु र कलर फर पिसको नेपालका राजदूत अजय देसारका अनुसार कलामा लागेका बालबालिकालाई यो उमेरदेखि नै अन्तर्राष्ट्रिय स्तरमा अवसर दिएर उनीहरुको हौसला बढाउन र रंगको प्रयोगबाट पनि शान्ति ल्याउन सकिन्छ भन्ने जानकारी दिनको लागि यो प्रदर्शनीमा भाग लिनुको उद्देश्य हो । अब हरेक अन्तर्राष्ट्रिय स्तरमा भाग लिएर आफ्ना विद्यार्थीहरुको कला अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास रहने पनि उनले बताए । १० नोभेम्बरबाट सुरु भएको प्रदर्शनी १३ नोभम्बरमा सम्पन्न भएको हो ।