नराम्ररी आकासियो सुनको भाउ

प्रकाशित मिति:

काठमाडौं –  मंसिर आएसँगै सुनचाँदीको भाउ अकासिएको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोवार भएको सुन आज बिहिबार तोलामै ६ सयले बढेर प्रतितोला ७२ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामै ६ सयले बढेर ७१ हजार ७ रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी चाँदीमा १० रुपैंयाले बढेर प्रतितोला ८ सय ६० रुपैंयामा कारोवार भइरहेको छ ।