दोस्रो अन्तराष्ट्रिय त्रिपिटक च्याण्टिङ्गको मुख्यमन्त्री शंकर पोखरेलद्वारा उद्घाटन

प्रकाशित मिति:

लुम्बिनी – बिहिबारदेखि लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक च्याण्टिङ्ग (वाचन) शुरु भएको छ। लुम्बिनीको आध्यत्मिक एवम् पर्यटकीय विकासमा टेवा पु¥याउन तीन दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन गरिएको हो। यसको लागि २५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनीमा भेला भएका छन्। त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए। अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।

यस पटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने छ। लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले यसले लुम्बिनीको गरिमा र महत्वलाई बढाएको बताए। सम्राट अशोकले लुम्बिनीसंगै कपिलबस्तुको २ स्थानमा अशोक स्तम्भ राखेको ठाँउ पहिचान भएको उनको भनाई थियो। कनक मुनि बुद्धको जन्म स्थाल निगालिकोटमा प्रदेश सरकारले कनक मुनी बुद्धको प्रतिमा राख्ने योजना बनाएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए। नवलपरासीको रामग्रामबारे अध्ययन प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री पोखरेलले बताए। जहाँ प्रदेश सरकारका तर्फबाट बुद्धकालिन सम्पदाहरुको अध्ययन गर्ने संग्रहलय बनाउने योजना पनि उनले सुनाए।